पूर्वराजा ज्ञानेन्द्र अघिपछि सधै‌ँ किन भेटिन्छिन् बुहारी ?

By | December 28, 2018

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह मंगलबार साँझ पोखरा पुगेकी छन् । अंग्रेजी नयाँ बर्ष मनाउनका लागि छोराछोरी लिएर हिमानी पोखरा पुगेकी हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी र नातीनातिना लिनका लागि पोखरा विमानस्थलमा आफैं पुगेका थिए । दुई साता लामो भ्रमणका लागि ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमलसहित अघिल्लो साता पोखरा पुगेका थिए । परिवारका अन्य सदस्य भने निर्मल निवासमा नै थिए ।

ज्ञानेन्द्रका हरेक भ्रमणमा ढिलो या चाँडो बुहारी हिमानीको सहभागीता हुने गरेको छ । केही महिना अघि ससुरा–बुहारीले थाइल्यान्ड, माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण गरेका थिए । ति भ्रमणमा केही राजनीतिक र नेपालको अवस्था बारे भारतीय अधिकारीसँग कुराकानी र परामर्श भएको बताइएको थियो ।

गत साउनमा जन्मदिन मनाउनका लागि नेपालगञ्जको सोल्टी होटलमा पूर्वराजाको सहभागीता रहेको थियो । जहाँ, हिमानीको पनि अनिवार्य उपस्थिति थियो । त्यसअघि काठमाडौंमा रहेको त्रिसराको डिनरमा पनि परिवारका सबै सदस्यको उपस्थिति थियो । जहाँ, हिमानी अनिवार्य उपस्थित थिइन् ।

अघिल्लो बर्ष झापाको हिमालयन टि गार्डेनमा पूर्वराजा ज्ञानेन्द्र पहिला नै पुगेका थिए । त्यो एक महिनाको बसाईको बीच समयतिर हिमानी झापा पुगेकी थिइन् ।

अघिल्लो बर्षको हिउँद्मा पूर्वराजा छोरा पारसबाहेकका सदस्य लिएर पश्चिम नेपालको भ्रमणमा निस्किएका थिए । नेपालगञ्ज हुँदै भारतको उत्तर प्रदेशको लखनऊसम्म पूर्वराजाको भ्रमण भएको थियो । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले उनलाई सम्मान गरेका थिए । सो भ्रमणमा पनि हिमानी साथै रहेकी थिइन् ।

निर्मलनिवासको उत्तराधिकारीका रूपमा हिमानीलाई रोजेका कारण आफ्ना अनेक भ्रमणमा पूर्वराजाले बुहारीलाई अनिवार्य उपस्थिति गराउँदै आएको राजावादीहरू बताउँछन् ।

बीचका केही बर्ष छोरा पारस शाहका गतिविधिका कारण ज्ञानेन्द्रले उनलाई चासो देखाएका थिएनन् । पारस लामो समयसम्म थाइल्यान्डमा प्रेमिकासँग बसेका थिए । लागुऔषध प्रयोग गरेको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई छुटाउनका लागि पनि ज्ञानेन्द्रले हिमानीलाई पठाएका थिए ।

राजपरिवारमा उत्तराधिकारीका रूपमा छोराको बलियो उपस्थिति हुने प्रचलन भए पनि पारसको चरित्रका कारण बद्नाम भएपछि उनले बुहारीलाई उत्तराधिकारीका रूपमा अगाडी सार्दै आएको बताइन्छ । यसैले पनि उनका हरेक योजनामा हिमानीको प्रत्यक्ष सहभागीता हुँदै आएको दरबार निकटहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *