मलेसियामा विदेशी कामदारलाई जनवरी १ देखि नयाँ नियम

By | December 28, 2018

मलेसिया । मलेसियाको रोजगारदाता९कम्पनी०हरुले विदेशी कामदारहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा संस्था ९क्इऋक्इ ० मा दर्ता गराउनु पर्ने नयाँ नियम लागु हुने भएको छ । अहिले विदेशी श्रमिक क्षतिपूर्ति योजना अन्तर्गत रहेकोमा सन् २०१९ जनवरी १ देखि विदेशी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्व गर्ने नयाँ व्यवस्था मलेसिया सरकारले लागु गर्ने तयारी गरेको मलेसिया स्थित नेपाली राजदूतावासले जनाएको छ ।

यो नियम लागु भएसंगै रोजगारदाताले सामाजिक सुरक्षा बापत श्रमिकको मासिक न्युनतम पारिश्रमिकको १।२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्नेछ । यो रकम कामदारले तिर्नुनपर्ने साथै रोजगारदाताले कामदारको तलबबाट कटाउन पनि नपाउने व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा संस्था मार्फत दर्ता भएका कामदारहरुले स्वास्थ्य उपचार, स्थायी तथा अस्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ता तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनस् स्थापना सुविधा प्राप्त गर्ने राजदूतावासले जनाएको छ।

यो सुविधा मलेसियामा बैधानिक रुपमा बसेका कामदारहरुले मात्र प्राप्त गर्न सक्ने जनाइएको छ । मलेसियामा हाल कार्यरत नेपाली कामदार तथा मलेसिया जाने तयारीमा रहेकाहरुले आ–आफ्नो रोजगारदातासंग सम्पर्क गरि आफुलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन मलेसिया स्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *