परदेशको पीडा समेटिएको मार्मिक म्युजिक भिडियो हेर्नुहोस

By | May 14, 2019

काठमाडौँ । ‘ किन दुख्छ ’ ‘चाहे माया गर ’ ‘जय नेपाल ’ जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत परदेशी आउ है फर्केर’ रिलिज भएको छ । नेपालीहरूले विदेश बस्दा भोग्ने पीडा र दुख गीतको भिडियोमा देखाइएको छ । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु प्रति समर्पित गर्दै विश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यस गीतमा स्वर , शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ । त्यस्तै गीतको एरेन्जमेन्ट सुरज बिकले गरेका हुन् । विवेक खड्काले खिचेको भिडियोमा जीवन , सुनिता , सुक्मित र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन् । कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।

गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट , कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह ज्वेलरी इन्डस्ट्रिजका अध्यक्ष समेत हुन।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *