बाँचेर फर्किए भन्दै बा-आमा भेट्दा खुशी भए ज्ञानेन्द्र शाही (भिडियो)

By | June 11, 2019

पत्रकारलाई गाली गलौज गरेको अभीयोगमा पक्राउ परेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही गत शुक्रवार रिहाई गरिएको छ। रिहाई गरे लगत्तै उनलाई ११ वर्षसम्म डेढा गरी बसेको घर ललितपुर चंगाथलीमा उनलाई भव्यरुपमा स्वागत गरिएको थियो। उनको घरभेटिको सम्बन्ध निकै निकट छ।

आफ्नो वास्तविक घर जतिकै प्यारो लाग्ने बताउँदै उनले भने, ‘भाग्यले बाचेर डेढवर्ष पछि आफु बसेको ठाउँ आउदा निकै खुशी लागेको छ।’ त्यहाँ उनले सुर्खेतमा भएको घटनाको वृतान्त मात्र बताएनन अब झन् खरो रुपमा भ्रस्टाचार बिरुद्द लाग्ने उद्घोषण पनि गरे ।

शाहीले भने, ‘मेरो नेता बन्ने कुनै सोच छैन। मलाई बन्नु नै छैन। म विज्ञानको विद्यार्थी। मैले मात्र देशमा भ्रष्टचार विरुद्ध लड्न र देश विकास हुनुपरोस भन्ने मुद्दा उठाएको हु।’

*********************
रबिलाई रकम बुझाउने , बेल्जियममा करीब सोह्र लाख रुपयाको सहयोग संकलन

कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने रासकोट सामुदायिक अस्पातलका लागि बेल्जियमबाट करीब सोह्र लाख रुपयाको सहयोग सन्कलन भएकोछ । बेल्जियम निबासी सुनिता गुरुङ धिताल र नारायण धिताल जोडीको सकृयतामा सन्कलन भएको उक्त रक्रम त्यस अस्पातलको निर्माणका सन्योजक चर्चित पत्रकार रबी लामिछानेलाई छिट्टै हस्तान्तरन गरिनेछ । सन्कलन भएको रकमको बारेमा जानकारी र सहयोग दाताहरुलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्म्मेलनमा उक्त जानकारी गराइएको हो ।

गैर आबासीय नेपाली संघ बेल्जियमको कार्यालयमा आयोजित कार्यक्रममा गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल,अाइसिसिस सद्स्य त्रय पदम गुरुङ , सरु चापागाई र लीला शर्मा मानन्धर लगायत बिभिन्न सामाजिक र बैचारिक संघ संस्थाहरुका पदाधिकारीहरु उपस्थित हुनु हुन्थ्यो ।

कार्यक्रममा नारायण धितालले कालिकोट जस्तो बिकट जिल्लामा औषधी उपाचारको अभाबमा त्यहाका स्थानीय जनताले भोगी रहेको कठिनाई र उनीहरुको पिडा महशुस गरी एक लाख नेपाली सहयोग गर्न चाहेको कुरा अरु साथीहरुलाई सुनाउदा यस्तो पवित्र कामका लागि हामी पनि सहयोग गर्न चाहन्छौ भनी भनेकोले आफुहरुले यसको सन्योजन गरेको र संस्थागत र ब्यक्तिगत रुपमा सहयोग प्राप्त हुँदै जादा करीब साँढे सोह्र लाख रकम सन्कलन भएको र सहयोग गर्ने सबै परोपकारी मनहरुलाई धन्यवाद दिनु भएको थियो ।

सुनिता गुरुङले सहयोग अभियानमा सहभागि सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै परोपकारी काममा सबै सँग हातेमालो गर्न सकियोस भनी कामना गर्नु भयो । उहाले चन्दादाताहरुको नाम , सहयोग रकम सहितको विवरण पत्रकारहरु ओम शर्मा र डिल्ली आमाइलाई हस्तातरण गर्नुभएको थियो ।

एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमले सन्चालन गर्नु भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल र ओस्टेन्डे समाजका अबिभाबक ब्रह्मादत्त वाग्लेले सबै सहयोगदाता र सहयोग सन्कलनको अगुवाइ गर्ने धिताल जोडीलाई धन्यवाद दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *