नेपालकै पहिलो डोजर चलाउने साहसी महिला, डोजर चलाएरै महिनाको लाखौं कमाउँछिन् भिडियो हेर्नुस

By | June 12, 2019

काठमाडौं – १५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्। हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्। मुना सम्झिन्छिन्, “हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा नभएका कारण आमाबुवालाई समाजले हेय भावले हेर्थ्यो। कतिले बिचरा भन्थे।”

“मरेपछि काजक्रिया कसले गर्लान् भनी सोध्थे। मेरा आमाबुवा पनि हो त नि भनी दुःखी हुनुहुन्थ्यो। त्यहीँ देखेर छोरासरह काम गर्ने कुराले मनमा जरो गाड्यो।” एकजना सहयोगीको साथमा नौ कक्षा पढ्दा पढ्दै गोरखाबाट नेपालगन्जको एउटा निर्माण कम्पनीमा काम गर्न पुगेकी उनलाई डोजर र इस्काभेटर जस्ता ठूला उपकरणले आकर्षित गरे । यसैबिच शिशिर भण्डारीले मुना घिमिरे श्रेष्ठलाई पहिलो पटक मिडियामा ल्याएका छन् । भिडियो हर्नेूस, केटीले डोजर चलाएको भन्दै कतिले उनलाई पागल नै भनेछन् ।

************
सम्झौता भएको १० बर्ष बितिसक्दा पनि मध्यपहाडी राजमार्गमा १४ पुल बनेनन्, अब के गर्छ सरकार ?

काठमाडौ । ठेक्का सम्झौता भएको एक दशक बितिसक्दा पनि मध्यपहाडी (पुष्पलाल) राजमार्गमा १४ पुल निर्माणकार्य अघि बढ्न नसकेको सार्वजनिक भएको छ।पाँचथर, तेह्रथुम, धनकुटा खोटाङ, सिन्धुली, बाग्लुङ, पूर्वी रुकुम, जाजरकोट र पश्चिम रुकुममा एक दशक अघिदेखि ठेक्का लागेका पुल अलपत्र बनेका हुन् । पाँचथरको ओसम, सुखा, खण्डुवा र छाङ्गे खोला पुल बन्न सकेको छैन ।

यसैगरी तेह्रथुमको खोरुङ्गा खोला, धनकुटाको मङ्गमाया खोला, खोटाङको पङ्खु, भुल्के र दोन्ते खोला, सिन्धुलीको बहादुरे, खाङसाङ र सोखु खोला, बाग्लुङको खहरे खोला, पूर्वी रुकुमको रेली खोला, जाजरकोट र पश्चिम रुकुम जोड्ने भेरी खोलामा पुल लामो समयदेखि अलपत्र रहेको मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजनाले जनाएको छ ।आयोजना अन्तर्गत १३३ पुल निर्माण हुनुपर्नेमा हालसम्म ७० वटाको मात्र काम सम्पन्न भएको छ ।हाल २६ पुल निर्माण भइरहेको सडक विभागले जनाएको छ । ‘सर्वे डिजाइन’ सम्पन्न गरी ठेक्का व्यवस्थापन हुन बाँकी पुलको सङ्ख्या १८ छ । यसैगरी सर्वे डिजाइन हुन बाँकी पुलको सङ्ख्या १९ छ ।

सङ्घीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आज यहाँ आयोजना गरेको मध्यपहाडी र हुलाकी राजमार्गअन्तर्गतका रुग्ण पुलको अवस्था विषयक छलफल कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मध्यपहाडी राजमार्गका पुल निर्माणका लागि ८४ अर्ब रूपैयाँ बजेटको व्यवस्था गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *