हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट (हेर्नुहोस पुरा बिबरण)

By | June 12, 2019

बाँके– बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए ।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ ।

आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।

************
कतारमा जुन १५ देखि कामदारलाइ बाहिर घाममा काम लगाउन नपाउने

दोहा । प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो बर्षहरु झै कार्य समय तोकेको छ । नियम कार्यन्वयन मन्त्रालयको २०१७ को निर्णय नं १६ अन्तर्गत खुल्ला कार्यक्षेत्रमा काम गर्ने कामदारहरुमा जून १५ देखि अगष्ट ३१ सम्मका लागि लागू हुनेछ ।

नियम खुल्ला कार्यक्षेत्र वा सिधा घाममा काम गर्न पर्ने कामदारहरुको लागि मात्र लागु हुनेछ । यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११ः३० बजे देखि अपरान्ह ३ बजे सम्मका लागि काम बन्द गर्नपर्नेछ। साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरिक्षकले निरिक्षण गर्न आएको बेला सजिलै देख्नेगरि टासिएको हुनुपर्नेछ ।

मन्त्रालयले कम्पनीहरुलाई नियमको कदर गर्न आग्रह गरेको छ । त्यस्तै नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिना सम्मको लागि बन्द गर्ने चेतावनी समेत दिएको छ ।

साथै मन्त्रालयको सम्बन्धित कर्मचारी जति बेला पनि निरिक्षणका लागि आउन सक्ने मन्त्रालयले जानकारी दिएको छ । क्युएनएखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *