पशुपति शर्मा को यो बर्षको पहिलो तीज गीत बजारमा (भिडियो सहित)

By | July 11, 2019

काठमाडौं २६ असार
लोकप्रिय गायक तथा सर्जक पशुपति शर्माले यो बर्षको नयाँ तीज सार्वजनिक गरेका छन् । देवी घर्ती राजु ढकाल , सुस्मिता घर्ती र पशुपति शर्माको स्वरमा रहेको यश गीतमा शब्द संगीत गायक शर्माकै रहेको छ ।हरेक बर्षको तीजमा शर्माको गीत अग्रपंक्तिमा रहँदै आएको थियो भने, यो बर्ष पनि उनको गीतले तीजलाई राम्रोसँग बिदाई गर्ने देखिन्छ ।

यस गीतको भिडियोमा गायक गायिका सबैले कम्मर मर्काएका छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई विजय बुढा मगरले खिचेका हुन्, ‘गायिका देवी घर्ती र राजु ढकालको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको गीतको भिडियो निविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *