छवि भन्छन् ‘डिभोर्स दिन्न’ शिल्पाको टेकुमा रुवाबासी, कानको जाली फुटेको वास्तविक्ता यस्तो (भिडियो)

By | July 11, 2019

काठमाडौँ । अभिनेत्री शिल्पा पोख्रेल र निर्माता छविराज ओझा बिच बिहीबार टेकु परिसरमा सहमति भएको छ । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै काठमाडौँ प्रहरी परिसरमा ओझा विरुद्ध उजुरी दिएकी थिइन् । छवि र शिल्पाले विवाह भएको कुरा लुकाउँदै आएका थिए ।

मिडियामा एकाएक प्रहरीमा उजुरी र डिभोर्सको खबर आउँदा माहोल तातेको थियो । शिल्पा पोखरेल छविराज ओझाकी चौथो श्रीमती हुन् । ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’ बाट अभिनेत्री शिल्पा पोखरेलले सिने क्षेत्रमा डेब्यु गरेकी थिइन् । प्रहरी परिसर टेकुमा आज उनीहरूले आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित रूपमा सम्झौता भएको छ ।

तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घर झगडा भएपछि शिल्पा अहिले दाइ बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोई रहेकी देखिन्थिन् । “निर्माता छविराज ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौले बोलाएको थियो ।” अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध प्रहरीमा दिएको शान्ति सुरक्षा निवेदनको आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । ‘शिल्पाले दिएको शान्ति सुरक्षाको निवेदनको आधारमा दुबैलाई छलफलका लागि हामीले बोलाएका छौ’ गएका थिए ।

शिल्पाले शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको बाहिर हल्ला छ । तर परिसरका डिएसपी बोगटीले यस विषयमा आफूलाई जानकारी नभएको बताए । प्रहरी परिसरले बोलाएको विषयमा शिल्पाकी भाउजू नाता पर्ने चलचित्र निर्देशक सम्झना रौनियार उप्रेतीले भनिन् ‘छबि जी लाई बोलाएको हो । हामीलाई होइन ।

भिडियो हेर्नुहोसः

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *