रबि लामिछानेकी श्रीमती निकिता पौडेलले मुख खोलिन्

By | August 16, 2019

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछानेकी श्रीमती निकिता पौडेलले मुख खोलेकी छिन् । आज बिहानै आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै रवि निर्दोश भए कुरा व्यक्त गरेकी छिन् ।

उनले रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले स्टाटसमा लेखेकी छिन, ’आरोप लगाउने म’रेर गएपनि आरोप खेप्ने म जिउँदै छु । म’र्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।

यो घटनाको अनुसन्धानमा सघाउनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछुः रबि लामिछाने । ’ निकिताले रविको श्रीमती हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।

त्यस्तै रबि लामिछानेका दाइ पत्रकार हरिशरण लामिछानेले पनि आफ्नो फेसबुकमा ’बि स्ट्रोङ रबि’ भन्दै स्टाटस राखेका छन् । उनी लेख्छन्, ’सत्य यही हो भन्न त गाह्रो छ तर सत्यको नजिक सम्म भने अवश्य पुग्न सकिन्छ।

त्यसैले त, सत्यको जित नभए पनि आखिरमा सत्य मर्दैन भन्छन् । सत्यतथ्य सविस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौँ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले रवि सहित अन्य दुईलाई बिहीबार पक्राऊ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *