रबि लामिछाने पक्राउ परेपछि देश विदेशबाट उर्लियो जनसागर || रविको समर्थन गर्दै गर्जिए प्रेम बानियाँ

By | August 16, 2019

काठमाडौँ, ३१ साउन । पत्रकार शालिकराम पुडासैनिको घट नामा रवि लामिछाने लगायत तीन जना प क्राउ परेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । सामाजिक सञ्जाल भरी रवि लामिछानेको घटvनालाई लिएर तर्क वितर्क भइरहेका छन् । पक्ष र विपक्षमा उत्रिएकाहरुले समाजिक सञ्जाल रंगाएका छन् । यसै क्रमामा आफ्ना सहकर्मीलाई परेको घvटनामा पत्रकार प्रेम बाँनियाले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । आफुलाई रवि लामिछाने सहित ३ जनाले यस्तो गर्न बाध्य पारेको भन्दै बोलेको पुडाशैनीको भिडियोका बारेमा बाँनियाले धारणा सार्वजनिक गरेका छन् ।

रवि लामिछाने प८क्राउ परेपछी प्रेम बानियाँले यसो भनेका छन् रबिजी रवि लामिछाने पक्राउ प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै ‘ नम्बर १, आत्मह८त्या गरेको मान्छेको पकेट भित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’ मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो ?

उसलाई कारबाही हुनुपर्छ कि पर्दैन ? यो त अनुसन्धानको विषय थियो र प्रहरी अधिकारी बाहेक अरु कसैले यो सार्वजनिक गर्नै सक्दैनरमिल्दैन १यदि अपराध पुष्टि भयो भने मात्रै प्रहरीले यसलाई सार्वजनिक गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन किन भुलियो ? कुल २३ मिनेटको भनिएको भिडियोमा खोई बाँकी भिडियो ? अरु पनि त आरोपित हुनसक्छन् ? नम्बर २, भोलि, कोही कसैले कथम्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आत्मह८त्या गरेको हूँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन ?

नम्बर ३, जनहित सम्वन्धि कार्यक्रम प्रशारणको अन्तिम तयारीमा रहेकावेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई केवल डेढ घण्टाअगाडि टेलिभिजन स्टेशनबाटै पक्राउ गर्दा के त्यो न्यायिक हुन्छ ? जबकि उसले सार्वजनिक रुपमा भनिसकेको छ ‘यदि म दोषि ठहरिए कानुनबमोजिम कारबाही भोग्न तयार छु।’ भोलि फेरि कसैलाई यस्तै पर्यो भने ‘ ? नम्बर ४, नेपाली पत्रकारितामा यो ‘ग्याङ्फाइट’को इतिहासले नेपाली समाजलाई अति तल गिराएको छ, यसमा हाबि अतिवाद् रबिजी बिरोधी र समर्थकले समाज को रंग कुरुप देखिएको छ ।

अब एउटा बिन्दूमा हामी सबै मिलौं । पत्रकारिता अब सूत्रभन्दा माथि आयो कृपया, सबैले बुझौं। यी चार सवनलहरुका साथ हामी संसारभरबाट बोल्न तयार छौं । के यी प्रश्नहरु गलत छन् ? अब दुनियाँ साँघुरो भइसक्यो । हामी न्यायका निम्ति जहाँसुकैबाट बोल्न तयार छौं । कृपया रबिजीलाई ‘अतिदेवत्वकरण र अति राक्षसिकरण नगरौं’ संयमतापूर्वक सम्मानित अदालतको निर्णयको प्रतीक्षा गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *