रवि लामिछाने काण्डबारे सुरेन्द्र केसी भन्छन्- यहाँ त भोलि म पनि फस्छु कि भन्ने डर पो भयो (भिडियाेसहित)

By | August 16, 2019

काठमाडौं, ३१ साउन ।

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै अहिले चितवन र काठमाडौमा समर्थकहरु सडकमा ओर्लिएका छन् भने रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत कार्यालय चितवनमा पुर्याइएको छ ।

रवि लामिछानेलाइ ‘डाइङ डिक्लेरेसन’ का आधारमा अनुसन्धानको लागि चितवन लगिएको हो । पत्रकार सालिकराम पुडासैनीको ‘डाइङ डिक्लेरेसन’ को आधारमा के रविलाई कारवाही हुन्छ कि अनुसन्धान पछि छुट्छन भन्ने कौतुहलता सबैमा बढी रहेकाे छ ।

यहि बिषयमा केन्द्रित रहेर राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले एक युट्युव च्यानलमा अन्तर्वार्तामार्फत आफ्नो धारणा व्यक्त गरेका छन् ।

डाक्टर सुरेन्द्र केसीले चर्को स्वरमा यो विषयमा बोल्दै भन्टन् ‘यहाँ त भोलि म पनि फस्छु कि भन्ने डर पो भयो यो घटनाले को तरिका हेर्दा । रवि माथि अनुसन्धान हुन्छ तर त्यो भिडियो नै आधार मानेर कारवाही भने गर्नु गलत हुन्छ । सहि तरिकाले अनुसन्धान हुनपर्छ र अनुसन्धान अनुरुप अगाडी बढ्नु पर्ने हुन्छ तर नेपाल हो यहा जे पनि हुन्छ । भोलि कसैले मेरो नाम लिएर यस्तै भिडियो बाहिर निकालेर यस्तो दुर्घटना गर्यो भने म जस्तो सर्वसाधारणको के हालत होला रु अब सत्यको लागि बोल्न पनि डर पो हुने भयो त !’

भिडियोलाई नै आधार मानेर कारवाही गर्न चाहि नमिल्ने तर अनुसन्धान सहि तरिकाले गरेमा मुख्य अवियुक्त पक्राउ उनकाे दावी छ। उनी भन्छन्, ‘रवि मात्र होईन नेपालमा ठूला-ठूला मानिसलाई पनि यसरी अनुसन्धानको लागि लगिएको छ र अहिले आत्तिनु पर्ने अवस्था छैन तर अनुसन्धान कसरी हुन्छ र प्रभावमा हुने हो कि भन्नेले आउने दिन निर्धारण गर्छ ।’

उनले डाक्टर केसीले सहि तरिकाले अनुसन्धान गरेमा रवि लामिछानेले न्याय पाउन सक्ने कुरा उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *