मलद्वार क्यान्सरबाट पिडित जानुकाको अनुरोध: म बाँच्न चाहान्छु, मलाई बचाउनुस मेरो जीबन अब तपाइहरुको हातमा छ (भिडियो)

By | May 12, 2018

झापाको दमक नगरपालिका स्थित दमक–२ बस्दैआएकी २४ बर्षिया जानुका पराजुलीको मलद्धार क्यान्सर रोगको उपचारका लागि हङकङमा बस्दैआएका झापालीहरुले रु ३ लाख बढी आर्थिक सहयोग गरेका छन् । हङकङ– झापा मञ्चको सक्रियतामा जानुकाको थप उपचारका लागि रु ३ लाख १४ हजार ५ सय रुपैया आर्थिक सहयोग दिएका हुन् ।

सो सहयोग मञ्चका प्रतिनिधि लक्ष्मी सुब्बा, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक–५ का वडाध्यक्ष इन्द्र गुरुङ, दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटालगायतको उपस्थितिमा पीडितलाई नै हस्तान्तरण गरिएको हो । पीडितको घरमा पुगेर बुधबार त्यस सहयोग दिइएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अगुवा घनेन्द्रराज योङया,कांग्रेस नगर सभापति रोशन विष्ट,महिला नेतृ लीलादेवी ढुंगेललगायत थिए ।

दुई वर्षअघि रोजगारीका क्रममा हङकङ पुगेकी जानुकाको थप उपचारका लागि भारतीय रुपैया रु २० लाख भन्दा बढी लाग्ने भएपछि सो आर्थिक सहयोग प्रदान गरिएको मञ्चका अध्यक्ष छत्र सुब्बाले बताए ।

पीडित जानुकाको भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा केहिदिन पछि मलद्धारको शल्यक्रिया गरिने र उपचारमा २० लाख बढी भारतीय रुपैया लाग्ने भएकाले पीडित परिवार यतिखेर सहयोगको याचना गरिआएका छन् ।

विरामीकी आमा भोजकुमारीले छोरीको जटिल खाले रोगले च्यापेपछि विरामीको थप उपचार गर्न सवै पक्षसंग याचना माग्नुपरेको दुखेसो पोख्छिन् । ‘यतिका रकम परिवारको सामथ्र्य छैन्’ विलौना गर्दे आमा भोजकुमारीले भनिन्,–‘ जति पैसा जोहो गरे,सवै प्रांरिम्भक उपचारमा सकियो, अव मेरो छोरीलाई बचाईदिनुस् ।’ उनका अनुसार छोरीको उपचारमा हालसम्म रु ७ लाख बढी सकिएको छ ।

यसैवीच विरामी जानुकाको थप उपचारका लागि हङकङबाट थप सहयोग जुट्ने क्रम रहेको जनाईएको छ ।

त्यहाँका नेपाली संघसंस्थाहरुले थप रु ९ लाख सहयोग दिने तयारी गरेको विरामीको उपचार अभियानमा संलग्न लक्ष्मी सुब्बाले बताईन् । यसैवीच पीडित युवतीको थप उपचारमा स्थानीय स्तरमा समेत सहयोग जुटाउन सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय सहयोग समिति समेत गठन गरिएको छ ।

हेर्नुहोस स्थानीय संचारकर्मी बिष्णुप्रंसाद पोखरेलसंग बिरामीले गरेको कुराकानीमा आधारित यो भिडियो

मेरो नाम जानुका पराजुली हो । म दमक २ मा बस्छु । मेरो बुबा हुनुहुन्छ । घरमा बुढी आमा हुनुहुन्छ । एउटा भाइ छ । म घर खर्च टार्न बैदेशिक रोजगारमा गएको थिए । त्यहि पुगेपछि थाहा भयो मलाइ मलद्वार क्यान्सर भएको रहेछ । म अहिले फर्केको छु । भारतको राजिव गान्धि अस्पतालमा उपचार गराइरहेको छु ।

मेरो तत्काल उपचारमा भारतीय रुपिया २५ देखि ३० लाख रुपिया चाहिन्छ । यो नेपालको ५० लाख हो । मैले र मेरो परिवारले अहिलेसम्म १० लाखभन्दा बढि खर्च गरिसकेको छ । अब अवस्था छैन । म बाँच्न चाहान्छु । केहि गर्न चाहान्छु । तपाइको सानो सहयोगले मेरो जीबन बच्छ । मलाइ सहयोग गर्नुहोला । मलाइ बचाउनु होला । मेरो जीबन अब तपाइहरुको हातमा छ ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *