बसन्त र नवराजको जोडी फेरी एकै साथ,करुवाको जल लिएर आए सबै माझ – भिडियो सहित

By | May 12, 2018

थोरै सिर्जना गर्ने तर मुटुनै छुने सिर्जना गर्ने सर्जक नवराज पन्त र मेलोडि किङ भनेर सबैले उपमा दिने लोकप्रिय सर्जक तथा गायक बसन्त थापाको संयुक्त सिर्जना करुवाको जल भर्खर मात्र सार्वजनिक भएको छ ।

यो जोडीले बनाएको गित भने पछि धेरै स्रोता दर्शकले पनि पक्कै केहि नयाँ पन छ भन्ने सोच्छन र त्यो कुरा गित भित्र पनि हुन्छ । पछिल्लो गित करुवाको जल पनि निकै उत्कृष्ट सिर्जना बनेको छ ।

कुलविर थापा र सिता श्रेष्ठको आवाज रहेको सो गितमा मुटु छुने शव्द सिर्जना नवराज र उस्तै लय सिर्जना बसन्त थापाको रहेको छ ।

ओवि रायमाझी र रञ्जिता गुरुङको दमदार अभिनय रहेको सो गितमा कपिल लामाको निर्देशन रहेको छ ।

गितको पुरै म्युजिक भिडियो यस्तो छ –

Leave a Reply

Your email address will not be published. Required fields are marked *